यी युवतीको कम्मरले तान्यो विश्वको ध्यान (फोटोफिचर)

४ बर्ष अगाडि

एजेन्सी – सुन्दर देखिन मानिसले के गर्दैन ? अझ महिलाहरु सुन्दर हुँन थाहा पाएसम्म सबै कुरा प्रयोग गरिरहेका हुन्छन् । रुप देखि शारिरिक बनावटसम्म सबै कुरामा महिलाहरु बिशेष ध्यान पुर्याउँने गर्छन् । धेरै मोटो हुँदा कुरुप भइन्छ भनेर फाष्टिंग,एक्सर्साइज गरि गरि दुब्लाउने पनि छन् यहाँ ।

फिगर बनाउन युवतीहरुले धेरै पसिना बगाउने गर्छन । भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन ।

शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको हो । संसारकै सबैभन्दा अलग देखिका उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छन् । पातलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् ।

१९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिनँ चाहेको बताउँछिन् । आफ्नो फिगरसँग गहिरो प्रेम भएको उनको भनाई छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया