ओली–दाहाल भेट, जिम्मेवारी बाँडफाँटमा रस्साकसी

४ बर्ष अगाडि

काठमाडौँ - पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढिरहेका बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको हो । 

दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए । बालुवाटारमै अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको वार्ता र छलफल पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहेको नेताहरूको भनाइ छ ।

एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा बैठक सरेको सर्‍यै छ । जेठ ३ मा भ्रातृ संगठनहरूको एकतालगत्तै बैठक बसेर टुंगो लगाइने भनिएको थियो ।

त्यसपछि बैठक बसेको छैन । शनिबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको थियो । अध्यक्षद्वयले सोमबारका लागि निर्धारित बैठक मंगलबारलाई सारेका छन् । ‘सोमबार बैठक बस्ने भनिएको थियो, फेरि मंगलबारका लागि सरेको सूचना आएको छ,’ सचिवालय सदस्य ईश्वर पोखरेलले भने । कान्तिपुरमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया