प्राइम बैंकले एक दर्जन विकास बैंक गाभ्ने, कुन-कुन बैंक गाभिदैछन् हेर्नुहोस् (सूचीसहित)

४ बर्ष अगाडि

काठमाडौं – प्राइम कमर्सियल बैंकले एक दर्जन बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने र प्राप्तिलाई एकसाथ छलफल अघि बढाएको छ ।

बुधबार कन्काइ विकास बैंकसँग एक्वारका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको प्राइमले केही दिन भित्रै  कैलाश विकास बैंलाई पनि एक्वायर गर्ने भएको छ । कैलाश विकाससंग एमओयू भइसक्ने  छ । शेयर आदान प्रदान अनुपात विषयमा कुरा मिल्न बाँकी छ ।

प्राइमको १०० कित्ता बराबर कन्काइको ७१ कित्ता हुने गरी स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । प्राइमले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न असफल भएपछि कन्काइलाई एक्वायर गर्न लागेको हो । ओमलाई एनएमबी बैंकले प्राप्ति गर्ने भएको छ ।

प्राइमले ज्योति विकास बैंक, गण्डकी विकास बैंक, लुम्बिनी विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कम्युनिटी डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्स लिमिटेड, वेष्ट फाइनान्स लिमिटेड, र रिलायन्स फाइनान्स लिमिटेडसंग छलफल गरेको छ ।

कुरा मिल्दै गएपछि सोहीअनुसार एमओयू गर्ने तयारी प्राइमको छ । सबैसँग एकसाथ छलफल भइरहेको छ । धेरै बैंक तथा वित्तीय संस्थालाई एक्वायर गरेर ठुलो बंैक बन्ने योजना प्राइमको रहेको बताइन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया