मुक्तिनाथको ६१ लाख २९ हजार कित्ता हकप्रद आउँदै

४ बर्ष अगाडि

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ। 

बैंकले एक बराबर ०.२ को अनुपातमा कुल ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद बिक्री गर्ने भएको हो। उक्त  शेयर बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ ।

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयरको रटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया