विमानस्थलमा मिसाइल आक्रमण, २६ जना घाइते

ajaako_artha

साउदी – साउदी नेतृत्वको सैन्य गठबन्धनले बुधबार साउदी अरबीयाको दक्षिणी भागको एउटा विमानस्थलमा मिसाइल आक्रमण भएको बताएको छ । आक्रमणमा २६ जना घाइते भएको बताइएको छ । 

पश्चिमा शक्तिको समर्थन पाएको सुन्नी मुसलमानको गठबन्धनले इरानसमर्थित केही समयदेखि हुथी आन्दोलनविरुद्ध संघर्ष गरिरहेको छ ।

विहानपख भएको ड्रोन आक्रमणलाई गठबन्धनले अन्तर–सीमा आतकंवादको संज्ञा दिएको छ । 

गठबन्धनले जारी गरेको एउटा वक्तव्यमा आक्रमणपछि हुथीले इरानको समर्थन पाइरहेको प्रमाणीत भएको बताएको छ । आक्रमण अभा विमानस्थलको आगमन कक्षमा भएको र तयसले भौतिक क्षति पनि पु¥याएको उनले बताए । 

आक्रमणका कारण आठ जनालाई अस्पताल भर्ना गर्नु परेको भए पनि बाँकीलाई सोही स्थानमा उपचार गरिएको वक्तव्यमा भनिएको छ । 

हुथीद्वारा संचालित मसिरा टीभीले आफू सम्बद्ध फौजले अभा विमानस्थलमा ‘क्रुज मिसाइल’ आक्रमण भएको बताएको थियो । विमानस्थल यमनको सिमानाभन्दा २०० किमी उत्तरमा रहेको छ ।
विमानस्थल आन्तरिक र क्षेत्रीय रुटको रुपमा काम गथ्र्यो । साउदी अरबको नागरिक उड्यन निकायका अनुसार हवाई ट्राफिक सामान्य अवस्थामा छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१