विश्वकप : भारतमाथि न्युजिल्यान्डको यस्तो दाउ

४ बर्ष अगाडि

काठमाडौँ –  इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी नोटिन्घममा सुरु हुनेछ ।

प्रतियोगितामा अपराजित दुवै टोली त्यहि यात्रा कायमै राख्ने दाउँमा छन् । न्युजिल्यान्ड चौथो र भारत तेस्रो जितको खोजिमा छन् । न्युजिल्यान्डले वार्मअप खेलमा भारतलाई ६ विकेटले हराएको थियो । न्युजिल्यान्ड वार्मअपको नतिजा विश्वकपमा पनि दोहोराउन चाहान्छ । वार्मअपको नतिजाले न्युजिल्यान्डको मनोबल उच्च देखिन्छ ।

न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १०विकेट, बंगलादेशलाई २ विकेट र अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । यता तेस्रो जितको खोजिमा रहको भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दा अष्ट्रेलियालाई ३६ विकेटले हराएको थियो ।

विश्वकपमा भारत र न्युजिल्यान्डबीच ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा न्युजिल्यान्ड ४ पटक विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

विगतका नतिजा हेर्दापनि यसपटक भारत र न्युजिल्यान्डबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आज हुने खेलमा दुवै टिम जितका लागि अगि हुनेछन् । आज हुने खेलमा दुवै टोली जितका दाउमा हुनेछन् । दुवैले अहिले सम्म भएको कुनै खेल हारेको छैनन् । त्यसकारण पनि दुवै टिम आज जित दोहोराउन चाहन्छन् । 

आजको खेलमा भारतीय टोलीका ओपनर शिखर धवन हुने छैनन् । उनले विश्वकपनै गुमाउन सक्ने उच्च संभावना छ । अष्ट्रेलियासँगको खेलमा उनको औंलामा चोटका चोट लागेको छ । जसका कारण भारतलाई केहि दवाव भने अवस्य सृर्जना हुने देखिएको छ । त्यहि कमजोरीको फाइदा उठाउन न्युजिल्यान्ड तत्पर तयार हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया