बाबुराम र उपेन्द्रको समाजवादी पार्टी आजै निर्वाचन आयोगमा दर्ता हुने

जेठ ३०, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौ – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ । 

वैशाख २३ गते एकता घोषणा भएको समाजवादी पार्टी, नेपाललाई दर्ता गराउन आज निर्वाचन आयोग जाने पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए । 
एकीकरणपछि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरु व्यस्त रहेका कारण पार्टी दर्ताका लागि ढिलाई भएको बताउँदै नेता अधिकारीले बताए । 
एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने अधिकारीले बताए । २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराउने भएको छ । केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यदाव र संघीय परिषद्का अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका छन् ।  
वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेण्ुाकुमार यादव, लालबाबु राउत,महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८