आईएमई जनरल इन्स्योरेन्सले न्युनतम चुक्ता पूँजी १ अर्ब पुरयाउने

४ बर्ष अगाडि

काठमाडौं – आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले न्युनतम चुत्तापुँजी पुरयाउने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेर चुत्तापुँजी रु १ अर्ब पुरयाउने भएको हो । आईएमईको हाल पुँजी रु ९७ करोड २० लाख छ । बिमा समितिले तोकेको पुँजी पुरयाउन कम्पनीलाई  मात्रै रु २ करोड ८० लाख भए पुग्छ ।

बोनस शेयर दिने प्रस्ताव पारित गर्न आईएमईले आगामी असार २९ गते २१ औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि कम्पनीले न्युनतम चुत्ता पुँजी पुग्ने भएको छ ।

 मर्जर प्राप्ति प्रक्रियामा सहभागी गराउनका लागि सबै अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया