विमान बेचदै मेक्सिकोका राष्ट्रपति , नाफा गैरकानुनी आप्रवासन रोक्न खर्च गर्ने घोषणा

४ बर्ष अगाडि

मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले आफूले प्रयोग गर्दै आएको विमान बेचेर त्यसबाट आउने नाफा गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गरेका छन्।

अमेरिकाले बढाउन सक्ने करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको प्रवाह रोक्न सहमति गरेको छ।

वामपन्थी पृष्ठभूमिका राष्ट्रपति ओब्राडोरले विमान बिक्रीबाट उठ्ने रकम गरिब जनतालाई सहयोग गर्न उपयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनी चढ्दै आएको बोइङ ड्रीमलाइनर ७८७ विमानको अनुमानित मूल्य १५ करोड अमेरिकी डलर रहेको बताइएको छ।
बीबीसी

४ बर्ष अगाडि

प्रतिक्रिया