नेपाल आउदै आदित्य नारायण झा,ठमेलको फरेनहाइट क्लबमा लाइभ प्रस्तुत हुने

४ बर्ष अगाडि

काठमाडौँ – पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् । 

केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्यको काठमाडौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा आदित्यको लाइभ प्रस्तुत हुनेछन् ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’नाम दिइएको उक्त कार्यक्रममा उनले  आफ्ना बलिउडसँगै नेपालको हिट गीत समेत गाउनेछन् । गायकसँगै अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाका छोरा हुन् ।

सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीत संगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बालकलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।

क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । 

आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट , रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन्

४ बर्ष अगाडि

प्रतिक्रिया