गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै

४ बर्ष अगाडि

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५ सय ७६ कित्ता शेयर  लिलामीमा ल्याउने भएको छ । 

कम्पनीले संस्थापक शेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण शेयर ८२ हजार ५ कित्ता गरि कुल  ३ लाख २२ हजार ५ सय ७६ कित्ता लिलामीमा ल्याउने जनाएको हो। 

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म हकप्रद सेयर बिक्री खुला  गरेकोमा माग नभएको सेयर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो । उक्त शेयर लिलामी भर्न न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि प्रतिकित्ता एक सय रुपैयाँबाट बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिन्छ। 

लगानीकर्ताले असार ५ गतेदेखि १२ गतेसम्म लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौँ र लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालयहरुमा बोलपत्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया