भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति कहिले हुँदैन उन्नती

४ बर्ष अगाडि

काठमाडौँ – विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन् । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ ।

हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

विवाहित महिलाले सिन्दुर लगाउनु अघि शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ । यसो गर्नाले धन बृद्धि हुँने बताइन्छ । शास्त्रमा उल्लेख भए अनुसार नगरे श्रीमानको प्रगतीमा रुकावट आउँने, धन हानी, खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ ।

त्यसकारण सिन्दुर लगाउनु अघि यी कुरामा ध्यान दिनु जरुरी छ
१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।

२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।

३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

एजेन्सी 

४ बर्ष अगाडि

प्रतिक्रिया