‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयमा भोलीदेखि दुईदिने राष्ट्रिय सम्मेलन हुदै

४ बर्ष अगाडि

काठमाडौं – ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयमा दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबारदेखि भक्तपुरमा सुरु हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले सम्मेलन गर्न लागेको हो । सम्मेलन जेठ ३१ गते शुक्रबार र ३२ गते शनिबारसम्म चल्नेछ ।

आयोजक कलेजका प्रचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलो पटक सम्मेलन गर्न लागेको जानकारी गराए । सम्मेलनमा किनोट स्पीकरको रुपमा पहिलो दिन शुक्रबार प्राडा पुप्कर बज्राचार्य, राष्टिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँंडेल, डा निर्मल रावतलगायतका रहने जोशीले जनाए । 
सम्मेलनमा नेपाल राष्ट वैकका पूर्व गर्भर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतका व्यक्ति पनि किनोट स्पीकरको रुपमा रहने जनाइयो । सम्मेलनमा ३४ वटा कार्यपत्रहरु प्रस्तुति हुने जनाइयो । संस्थागत, व्यक्तिगत र विद्यार्थी गरी तीन वर्गबाट विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुति हुने जनाइयो । 
एकाउन्टेन्सी, फाइनान्स, मार्केटिंग, फाइनान्सिएल मार्केट, लेवर रिलेशन, इन्टरनेशनल ट्रेड, इकोनोमिक ग्रोथ एण्ड डेभलपमेन्ट, ह्युम रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एण्ड अपरेशन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैंकिंग एण्ड इन्स्युरेन्स तथा अरु म्यानेजमेन्टसँंग सम्वन्धित विषयमा रहेर कार्यपत्र प्रस्तुत हुने कलेजले जनाएको छ । 
सम्मेलन संयोजक राजन फाँंजूका अनुसार सम्मेलनमा एक सय जना भन्दा वढीको सहभागिता रहनेछ । सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम तय गरिएको छ ।  
कलेज भक्तपुर नगरपालिकाद्धारा सञ्चालित छ । स्थानीय निकायबाट सञ्चालित यो देशकै एउटै मात्रै कलेज हो । देश र जनताप्रति समर्पित भन्ने नाराका साथ भक्तपुर नगरपालिकाले योबाहेक ख्वप इन्जिनियरिंग कलेज, ख्वप कलेज अफ इन्जिनियरिंग गरी सात वटा कलेजहरु सञ्चालित छन् । यसअघि दुई वटा इन्जिनियरिंग कलेजहरुले वैशाखमा संयक्त रुपमा दोश्रो अन्तर्राष्टिय सम्मेलन गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया