कुलमानको एक्सन, बर्दियाका २५ परिवारलाई निशुल्क मिटर

४ बर्ष अगाडि

काठमाडौं  – नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले बर्दियाका अति विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेको छ ।

कुलमान घिसिङको निर्देशनपछि केन्द्रले विद्युत मिटर खरिद गर्न नसक्ने गरिब परिवार निशुल्क बाँडेको हो । पहिलो चरणमा २५ परिवारलाई मिटर वितरण गरिएको हो ।

विपन्न परिवारसँगै सास्कृतिक महत्त्वका स्थानमा पनि निशुल्क मिटर बाँडिएको छ । मिटर अभावमा हुने चोरी चुहावट नियन्त्रण गर्न निशुल्क मिटर बाँडिएको हो ।  

चालु आर्थिक वर्षभित्र १ हजार ५ सय मिटर निशुल्क बाँड्ने केन्द्रको लक्ष्य छ । धार्मिक तथा सांस्कृतिक महत्वका स्थानमा पनि हुकिङ हुने हुँदा मिटर निशुल्क दिएर नियमित महसुल उठाउने तयारी सुरु गरेको प्राधिकरणले जनाएको छ । सो  वितरण केन्द्र अन्तर्गत ७६ हजार ग्राहक छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया