साहारा विकास बैंकको १८ लाख २४ हजार कित्ता हकप्रद शेयर आउँदै

५ बर्ष अगाडि

काठमाडौ । सहारा विकास बैंकले प्रति कित्ता एक सय रुपैयाँको दरमा १८ लाख २४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ ।

हालको चुक्ता पूँजीको २५० प्रतिशत हकप्रद निष्कासन गर्ने सो बैंकले जनाएको छ ।

बैंकले बैशाख ९ गतेसम्म कायम शेयरधनीको लागि जनाएको छ।

बैंकले आगामी जेठ ६ गतेदेखि असार ९ गतेसम्म हकप्रद निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जानकारी दिएको छ ।

बैंकको हालको चुक्ता पूँजी रु ७ करोड २९ लाख रहेको छ।

हकप्रद निष्कासन पश्चात रु २५ करोड ५४ लाख पुग्नेछ । हकप्रद निष्कासन पश्चात संस्थापक शेयरधनीको स्वामित्त ५१ प्रतिशत अर्थात रु १३ करोड २ लाख र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत अर्थात् रु  १२ करोड ५१ लाख पुग्नेछ ।

बैंकको इक्रा रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ५’ पाएको छ ।  यो रेटिङ सबैभन्दा कमजोर रेटिङको रुपमा लिइन्छ।

एउटा मात्र जिल्लामा कार्यक्षेत्र रहेर वित्तीय कारोबार गर्ने अनुमति पाएको बैंकले सर्लाहीमा दुईवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

अधिकृत पूँजी रु ५० करोड रहेको बैंकको हालको चुक्ता पूँजी रु ७ करोड २९ लाख रहेको छ । गत पुस महिनाको वित्तीय विवरण अनुसार बैंकको नाफा रु ५२ करोड ३० लाख रहेको छ भने प्रतिशेयर आम्दानी रु १४ छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया