नेपाल बिजुलीमा आत्मनिर्भर बन्दै

४ बर्ष अगाडि

काठमाडौँ । कुलमान घिसिङ. नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो । हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै थियो । 
तर अहिले दृश्य फेरिएको छ । सबै चिज ठीक गतिमा गयो र कुनै भवितव्य आइपरेन भने अबको एक÷दुई वर्षमा उत्पादित विद्युत्को व्यवस्थापन कसरी गर्ने भन्ने अर्को टाउको दुखाइको विषय हुनसक्छ ।
यही महिनाका औसत आँकडा हेर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले एक हजार २२६ मेगावाट विद्युत् आपूर्ति गरिरहँदा मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । यसमध्ये ५४७ मेगावाट बिजुली भारतबाट ल्याइएको हो । प्राधिकरणको आफ्नै आयोजनाबाट ४५२, निजीक्षेत्रबाट २२७ मेगावाट विद्युत् आपूर्ति भएको छ । 
आउँदा एक वर्षमा थप हुने एक हजार दुई सय मेगावाटसमेत तीन वर्षभित्र पुग्ने तीन हजार आठ सय मेगाबाट बिजुली खपत र व्यवस्थापनका लागि ठोस योजना बनाउने काममा जुट्नुपर्छ । गाेरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया