तपाईले दुई हात जोड्दा यस्तो अर्धचन्द्र बन्छ भने त्यसको अर्थ यस्तो हुन्छ ?

जेठ ३२, २०७६ | आजको अर्थ
ajaako_artha

हस्तरेखा ज्योतिषअनुसार हत्केलामा बनेका रेखाहरूले व्यक्तिको भूत, भविष्य र वर्तमानको बारेमा बताइदिन्छन् । यहाँ हामी दुई हत्केला जोड्दाखेरी बन्ने अर्धचन्द्रको के अर्थ निस्कन्छ अनि यसबाट के के कुरा थाहा हुन्छ भन्नेछौं ।

हत्केलामा हृदयरेखा कान्छी औंलाको तलबाट शुरु हुन्छ । दुवै हत्केलालाई सँगै टाँस्दा हृदयरेखाको मिलन हुन्छ र अर्धचन्द्र बन्छ । यो शुभ चिह्न हो र सबैको हातमा बन्दैन ।

अर्धचन्द्र बनेको हत्केला भएका मानिस आकर्षक स्वभावका हुन्छन् । यस्ता मानिस जीवनसाथीप्रति धेरै भावुक हुन्छन् तर आफ्नो भावना लुकाउने कोशिश गर्छन् । यिनीहरूको दिमाग तीखो हुन्छ । यिनीहरूका लागि कुनै पनि कुरा गाह्रो हुँदैन । दुई हत्केला जोड्दा सिधा रेखा बन्यो भने त्यस्तो व्यक्ति शान्त र दयालु हुन्छ । उनीहरूलाई हरेक काम बिस्तारै गर्न मन लाग्छ । तर सिधा रेखा बन्ने मानिस दुर्लभै हुन्छन् भनिन्छ ।

हत्केला जोड्दा यी रेखाहरू जोडिएनन् वा बांगोटिंगो देखिए भने उक्त व्यक्ति आफूभन्दा ठूलो उमेरका मानिससँग बस्न मन पराउँछ । यस्ता मानिस निष्फिक्री हुन्छन् । अर्काले के सोच्छन् भनी यस्ता मानिसले मतलब गर्दैनन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.५३११४.१३
European Euro१२६.८३१२७.५०
UK Pound Sterling१४७.२८१४८.०६
Swiss Franc११५.३५११५.९६
Australian Dollar७७.८४७८.२५
Canadian Dollar८६.४९८६.९५
Singapore Dollar८३.२१८३.६५