१९ डीआईजीको सरुवा, को–कहाँ पुगे ? (सूची हेर्नुहोस्)

४ बर्ष अगाडि

काठमाडौं– नेपाल प्रहरीका १९ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृहमन्त्रालयको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
निर्णयअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रद्युम्न कार्की प्रदेश नम्बर २ कार्यालय जनकपुरमा सरुवा भएका छन्  भने विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा भएका छन् । 
हाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोज टंगालमा सरुवा भएको छ । 
यस्तै प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । 
यस्तै प्रदेश ५ प्रहरी कार्यालय दाङमा कार्यरत पिताम्बर अधिकारीको प्रहरी प्रधान कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया