अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्दै जान्छ: अनुसन्धान

४ बर्ष अगाडि

एजेन्सी – आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ ।

 तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।

उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लिल हेर्न उत्प्रेरित गर्न जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् ।

सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लिल भिडियो हेर्नेमा यौन उत्तेजनाा निस्कृयता आएको देखाइएको थियो ।

दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ । ‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ ।

दिमागको एउटा भाग (खैरो र सेतो) अभिप्रेरणा पक्रियामा सम्बन्धित हुन्छ । जति मानिसले पोर्न हेर्छ त्यति यो भागको आकार घट्ने अध्ययनमा उल्लेख छ ।

नियमित अश्लि भिडियो हेर्ने र त्यसबाट हुने सम्भावित हानीको सम्बन्धबारे सम्भवत वैज्ञानिकहरुले पहिलोपटक अध्ययन गरेका हुन् । उनीहरुका अनुसार अश्लिल भिडियो हेरेर अधिकांश समय विताउने मानिसहरु निश्चित प्रकारको दिमाग लिएर जन्मिने गरेका छन् ।

सन् २०१३ मा क्याम्ब्रिज युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले पोर्नका कुलतले यौनजन्य विषय हेर्दा उनीहरुको दिमागको कूलत अंश चम्किएको पत्ता लगाएका थिए । ‘यौनजन्य तस्बिर देखाउँदा अश्लिल फिल्म हेर्ने आदत बसेका मानिसको दिमाग क्रिसमसको रुख झै धपधपी बलेको थियो,’ अध्ययनमा भनिएको छ ।

सम्मान, उत्प्रेरणा र खुसीको पक्रियामा सक्रिय रहने उत्तेजित दिमागको एउटा अंश कुलत र मदिरासेवनकर्ताको उत्तेजित अंश जस्तै भएको पनि अध्ययनमा जनाइएको छ ।

एक वर्षपछि सोही विश्वविद्यालयमा गरिएको अर्को एक अध्ययनमा सानै उमेरदेखि यौनको कुलतमा फसेकाहरुको दिमागको तीन क्षेत्र उनीहरुका समकालिनको तुलनामा धेरै सक्रिय रहेको थियो । यस्तो क्षेत्र लागू औषधका कूलतका दिमागमा पनि सक्रीय रहने गरेको छ ।

वैज्ञानिकहरुका अनुसार दिमागको क्षेत्र मध्ये भेन्ट्रल स्ट्रियाटम उत्प्रेरणको पक्रियामा आबद्ध हुन्छ भने डोर्सल एन्टेरिअर सिन्गुलेटले ड्रग चाहना देखाउछ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया