सिंहदरबारभित्रको हेल्थ डेस्कमै औषधि अभाव

४ बर्ष अगाडि

काठमाडौं–सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । 

कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए ।

 देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ ।

सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले १६ फागुन ०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो । तर, महिनौँदेखि औषधि अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन् । मुडभरीका अनुसार अहिले सिंहदरबारमा सिटामोल, एन्टिबायोटिक्स, बान्ता रोक्ने ओन्डेम, डायबिटिजका बिरामीलाई दिइने मेटफर्मिन, ग्यास्ट्रिक, प्रेसर, कोलेस्ट्रोल, एलर्जीका औषधि तथा कान र आँखामा हालिने ड्रप पनि अभाव छ । नयाँ पत्रिकामा खबर छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया