कांग्रेसका तीन समूहका यस्ता छन्  तीन तयारी

५ बर्ष अगाडि

काठमाडौँ- कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् ।

विधानतः महाधिवेशन भएबाहेक हरेक वर्ष एकपटक महासमिति बस्ने र यसले पदाधिकारी तथा केन्द्रीय समितिको निर्वाचनबाहेक अरू विषयमा निर्णय गर्न सक्नेछ । यसकारण पनि यो शक्तिशाली पार्टी बैठक हो । स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कांग्रेस पराजयको समीक्षा गर्न १४ दिन चलेको समीक्षा बैठकले आगामी भदौमा १०औँ महासमिति बैठक आह्वान गरेको छ ।

बैठकले विधान मस्यौदा समितिले पेस गरेको प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा राजनीतिक प्रस्ताव पारित गर्नुका साथै पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउन कार्यक्रम ल्याउने बताइएको छ । यसको तयारीका लागि कांग्रेसले अब विधान मस्यौदा समिति गठन गर्ने, जिल्ला सभापतिको भेला गर्ने, राजनीतिकसहितका प्रस्ताव तयार गर्ने, देशभरबाट सुझाब संकलनसहितका काम गर्नुपर्ने हुन्छ, नयाँ पत्रिकामा खबर ।
तीन समूहको तीन तयारी 
संस्थापन : प्रक्रियामा लगेर टुंग्याउने
पौडेल पक्ष : संस्थापनलाई कमजोर पार्ने छिद्र खोज्दै 
सिटौला पक्ष : फरक धार बनेर उदाउने दाउ

५ बर्ष अगाडि

प्रतिक्रिया