यसकारण रोकिए यी ६ कम्पनीको आइपीओको आवेदन

५ बर्ष अगाडि

काठमाडौ । कमजोर  आर्थिक अवस्था तथा कम्पनीसँग सम्बन्धित कागजात नबुझाएका कारण नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएका करिब आधा दर्जन जलविद्युत् कम्पनीले साधारण शेयर(आइपिओ) निस्काशनको स्वीकृति पाउन सकेका छैनन् ।
बोर्डमा आवेदन दिएको लामो समय भइसक्दा समेत स्वीकृति नपाएका कम्पनीका अधिकाशं जलविद्युत् आयोजनासँग सम्बन्धित कम्पनी रहेका छन् भने एनएमबी बैंकको एफपिओ बिक्रीको स्वीकृति समेत पाउन सकेको छैन ।
बोर्डमा दिइएको आवेदनका आधारमा हेर्दा साधारण शेयर निस्काशनको अनुमति नपाउनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, लाफिङ बुद्ध पावर नेपाल लिमिटेड, युनिक हाइडेल लिमिटेड, एनएमबी बैंक र सीईडीबी हाइड्रो फण्ड लिमिटेड रहेका छन् ।
ती कम्पनीको १ करोड ७४ लाख ३२ हजार ४६३ कित्ता आईपीओ बिक्रीको तयारी गरिएको थियो । त्यसमा  एनएमबीको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ रहेको छ ।
एनएमबी बैंकले प्रिमियम मूल्यमा  एफपीओ निष्कासन गर्न लागेको भन्दै बोर्डमा आवेदन दिएको थियो । प्रिमियम मूल्यमा सहमति नभएका कारण एनएमबी बैंकले समेत एफपिओ निस्काशनको स्वीकृति पाउन नसकेको हो । अरु कम्पनीले स्वीकृति पाउन अझै धेरै पापड पेल्नुपर्ने भएपनि एनएमबीले भने केही समय भित्रै स्वीकृति पाउने विश्वास लिइएको छ ।
जलविद्युत्  कम्पनीको साधारण शेयरको अंकित मूल्य रु १०० रहेको छ । लामो समयदेखि प्रतिक्षामा रहेका कम्पनीमा ६ मध्ये ५ वटा त जलविद्युत कम्पनी नै रहेको बोर्डले जनाएको छ ।
आँखुखोलाले ०७३ जेठ ३१ गते सर्वसाधारणलाई रु २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तर विगतमा दिइएको संस्थापनक शेयरमा नै विवाद रहेको, सधै घाटा मात्रै देखाएर लगानीकर्तालाई समस्यामा पारेको जस्ता उजुरी परेका कारण आँखुखोलाको शेयर बिक्री प्रक्रिया अगाडि बढ्न नसकेको बताइन्छ ।
आयोजनाका प्रमुख रहेका विश्वनाथ कँडेल केही समय भित्रै आइपिओ निस्काशनको स्वीकृति पाउने आशमा आफूहरु रहेको बताउँछन् । तर लामो समयदेखि रोकिनुका कारण भने आफूलाई त्यीत्त धेरै जानकारी नभएकको उनको भनाइ छ ।
बोर्डले भने आँखुखोलाको आवेदन अध्ययनको क्रममा रहेको जनाउँदै आएको छ ।
यस्तै बोर्डमा आवेदन दिएको लफिङबुद्ध हाइड्रोपावरले पनि स्वीकृति पाउन सकेको छैन । सो कम्पनीले रु  ९ करोड ७८ लाख बराबरको ९ लाख ७८ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको थियो । सो कम्पनीको समेत आवेदन अध्ययनको क्रममा रहेको जनाइएको छ ।
गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले ०७३ असोज १४ गते आइपिओ निस्कानशका लागि बोर्डमा आवेदन दिएको थियो । सो कम्पनीले रु २ करोड बराबरको आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । सो कम्पनीको आवेदन पनि अध्ययनको क्रममा रहेको छ ।
उता  बोर्डमा आवेदन दिनेमा युनिक हाइडेल लिमिटेड पनि रहेको छ । सो कम्पनीले २०७४ जेठमा आइपिओ निस्काशनका लागि आवेदन दिएको थियो । सो कम्पनीको आवेदन माथि पनि अध्ययन भइरहेको बाबेर्डको भनाइ छ ।
सीईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि रु २२ करोड ८९लाख ३० हजार बराबरको आईपीओ निष्कासन गर्न भन्दै बोर्डमा आवेदन दिएको करिब एक वर्ष हुन लाग्यो । तर आवेदन माथि हालसम्म कुनै निर्णय हुन सकेको छैन ।
एनएमबी बैंकले चुक्तापुँजी बढाउन भन्दै गत जेठ २७ गते १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्ने माग सहित आवेदन दिएको थियो । तर हालसम्म निर्णय भएको छैन । निर्णयको प्रतिक्षामा रहेको कम्पनीहरुले दावी गरेपनि उनीहरुको आर्थिक अवस्था, कम्पनीको वित्तीय विवरण तथा अन्य कागजात राम्रो नभएका कारण स्वीकृति दिन ढिलाई भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया