आवास तयार नहुँदासम्म मुख्यमन्त्रीलाई अपार्टमेन्टमा राखिने, १५ फ्ल्याटको मासिक भाडा आठ लाख २५ हजार

४ बर्ष अगाडि

काठमाडौं–सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि  स्थायी सरकारी आवास पाउने भएका छन् । 
आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ । 
खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले बताए । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि दुई बेडरुम, बैठक कक्ष र भान्सा भएका १४ र एउटा थप फ्ल्याट लिन लागिएको विभागले जनाएको छ । 
प्रत्येक फ्ल्याटको भाडा मासिक ५५ हजारका दरले महिनाको आठ लाख २५ हजार रुपैयाँमा सम्झौता गरिएको छ । नयाँ पत्रिकामा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया