ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

४ बर्ष अगाडि

सिरहा पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गेलबजार नपा ८ मा ट्रकको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमबाट पूर्व गईरहेको ना. ४ ख. ९८९७ नवरको ट्रकले सोही दिशामा गईरहेको पैदलयात्री नरहा गाउँ पालीका १ तिलासीका ३५ वर्षिय विक्रम उडाउँलाई आज –शनिवार) विहान ठक्करदिंदा घटनास्थलमै मृत्यु भएको हो ।

विपरित दिशाबाट आएको टिफारले साइड नदिंदा आफ्नो गाडी नियन्त्रणहुन नसक्दा दुर्घटना ड्राइभरलाई उद्धरित गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । शव पोष्टमार्टमको लागि लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया