पौने दुई अर्बको जग्गा  किन्दै काठमाडौं प्रहरी

४ बर्ष अगाडि

सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखालाई जग्गा खरिदका लागि करिब दुई अर्ब रुपैयाँ निकासा गरेको छ । 

केही दिनअघि मात्र सरकारले महानगरीय परिसरलाई एक अर्ब २० करोड र अपराध महाशाखालाई ६७ करोड ६७ लाख रुपैयाँ निकासा गरेको हो । परिसरले सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा र महाशाखाले नेपाल आयल निगमको टेकुस्थित नौ रोपनी जग्गा खरिद गर्नेछ । 

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार खाद्य संस्थानको जग्गा आगामी साता काठमाडौं परिसरको नाममा पास हुनेछ । महाशाखाले भने आइतबार नै निगमको नाममा रहेको जग्गा आफ्नो नाममा पास गर्नेछ । ‘जग्गा खरिदका लागि रकम निकासा भइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया