बढ्दै छ डेङ्गुको प्रकोप, बच्न सचेतना जरुरी

४ बर्ष अगाडि

काठमाडौँ। एडिस एजिपटाइप जातको पोथी लामखुट्टेका कारण लाग्ने रोग डेङ्गुबाट अहिले पूर्वी नेपालको धरानलगायत क्षेत्र प्रभावित छ । त्यसैले यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाटै जोगिनु सबैभन्दा राम्रो हो । गाेरखापत्रमा खबर छ ।
शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन डेङ्गुबाट बच्न व्यापक जनचेतना र सरसफाइ आवश्यक भएको बताउनुहुन्छ । बर्खायाममा लामखुट्टे देखा परेसँगै लाग्ने डेङ्गु ज्वरोका कारण बर्सेनि केहीको ज्यान गएको छ भने धेरै प्रभावित भएका छन् । उहाँले बढ्दो सहरीकरणसँगै डेङ्गुको प्रकोप देखिने गरेको बताउनुभयो । 
नेपालमा सन् २००६ मा चितवनबाट डेङ्गु देखा पर्न सुरु भएको थियो । त्यसयता डेङ्गुबाट हरेक वर्ष सयौँ मानिस प्रभावित हुने गरेको डा. पुनले जानकारी दिनुभयो । कुनै वर्ष त राजधानी काठमाडौँमा पनि डेङ्गु भेटिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया