१८ घण्टा सम्म कुटेर एक युवको हत्या

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतको झारखण्डमा २४ वर्षका एक युवकलाई १८ घण्टा सम्म कुटपीट गरेर हत्या गरिएको छ । 

झरखण्डको सरायकेला जिल्लामा २४ वर्षीया अंसारी नामका ति युवकलाई १८ घण्टासम्म एक भिडमा जम्मा भएका मानीसहरुले कुटपीट गरेर हत्या गरेका हुन् । 
१८ घण्टा सम्म कुपीट गर्दा उनको अवस्था एकदमै नाजुक भएको थियो । उनलाई १८ चारेको आरोपमा कुटपीट गरीएका ती युवकलाई १८ तारिकको पुलिससामु बुझाइएको थियो । अदालतले उनलाई न्यायीक हिरासतमा पठाएको थियो ।

२२ जुनमा उनको अवस्था एकदमै खराज भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको भारतीय संच्चारमाध्यमले जनाएको छ । 
यस हत्याका कारण पुलिस ठानामा परिवारजनले हंगामा मच्चाएका छन् । परिवारजनले भने उनलाई फसाएको आरोप लगाएका छन् । 

चोर आरोप लागेकामा ३ युवक रहेका थिए । तर ती युवाहरु बाइकमा जादै गर्दा अन्सारीलाई मात्र पक्राउ गर्न सके र २ युवक भने अझै फरार भएका छन् । 

जानकारी अनुसार उनको विवाह हुने भएको थियो । घटनाबारे छानबीन भइरहेको संच्चारमाध्यमले जनाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया