नेकपाले तीन तिहाई ल्याउन सक्छ : गगन थापा

४ बर्ष अगाडि

काठमाडौँ – नपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपाले अर्काे पटकको चुनावमा दुई तिहाई मात्र हैन तीन तिहाई पनि ल्याउन सक्ने बताएका छन्  । 


जिपी कोइराला अध्ययन केन्द्रले काठमाण्डौमा गरेको विचार गोष्ठीमा बोल्दै गगन थापाले यस्तो बताएका हुन् । उनले राम्रो काम गरेमा कम्युनिष्ट सरकारले दुई तिहाई मात्र हैन तीन तिहाई पनि ल्याउने बताए । 

उनले नेपाल कम्युनिष्ट पार्टीले सरकार चलाउन नसकेको पनि आरोप लगाए । उनले भने सरकार कसले चलायो भन्ने हैन सरकार कसरी चलिरहेको छ भन्नेमा हुन्छ । 

उनले अहिले संघीय लोकतान्त्रीक गणतन्त्र खतरामा रहेको पनि बताए । संसदमा जुन तरिकाको विधेयक प्रस्तुत भइरहेका छन् त्यसले खतराको संकेत देखाइरहेको उनको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया