भारतीय विदेशमन्त्री जयशंकर भाजपामा प्रवेश

४ बर्ष अगाडि

नयाँदिल्ली – एस जयशंकर भारतीय प्रधानमन्त्री मोदीको अघिल्लो कार्यकालको अन्ततिर विदेश सचिव थिए । पछिल्लो लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत हासिल गरेपछि मोदी प्रधानमन्त्रीमा दोहोरिए । 

प्रधानमन्त्री मोदीले गत महिना गठन गरेको मन्त्रिपरिषदमा तिनै जयशंकर एकाएक विदेश मन्त्री बने । सन् १९७७ को ब्याजमा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका जयशंकर मन्त्री बनेको एक महिना भए पनि औपचारिक रुपमा सत्तारुढ दल भाजपाको सदस्य बनेका थिएनन् । 

तर सोमबार एक कार्यक्रमबीच जयशंकर औपचारिक रुपमै भाजपामा प्रवेश गरेका छन् । भाजपाका कार्यकारी अध्यक्ष जेपी नन्दाले संसदीय दलको कार्यालयमा जयशंकरलाई पार्टी प्रवेश गराएका हुन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया