नेप्सेलाई कारोबार रकमको साथ, ह्याङओभरबाट तंग्रिँदै लगानीकर्ता

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज परिसूचक सुधारको दिशामा फर्किएको छ । सोमबारको शेयर बजारमा ५.७५ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२६०.१० विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्समा समेत सुधार देखिएको छ ।
आजको बढेको नेप्से परिसूचकलाई कारोबार रकमले समेत साथ दिएको छ । कुन ४८ करोड १४ लाख ९२ हजार रुपैंया बराबरको कारोबार भएको छ जुन अघिल्लो हप्ताहरुको औसत कारोबार रकम भन्दा बढी हो । परिसूचक र कारोबार रकममा देखिएको सुधारले बजार थप सकारात्मक दिशामा जाने संकेत समेत गर्छ ।

बिहीबारदेखि नै बजारले सुधार संकेत देखाएको भए पनि धितोपत्र बोर्डले ल्याएको सम्पत्ति शुद्धीकरणससम्बन्धी निर्देशिकाको नाममा आइतबारको बजारमा केही चलखेल भएको थियो, फलस्वरुप बजारमा दोहोरो अंकको गिरावट देखिएको थियो ।

आजदेखि भने बजार दिनभर स्थिर रह्यो भने अन्तिम घण्टामा सुधारात्मक देखियो । आजको बजारमा अधिकांश स्क्रिपहरुमा लगानीकर्ताले विवेकशील रुपमा कारोबार गरिरहेको देखिएको छ ।

आज शिवम् सिमेन्टको शेयरमूल्य ९ रुपैंयाले बढेर ६६० रुपैंया पुग्दा ५ करोडभन्दा धेरै कारोबारसहित सर्वाधिक कारोबार हुने कम्पनी बन्न सो कम्पनी सफल भएको छ । जनउत्थान र गणपति माक्रोफाइनान्सका शेयरहरुमा पोजेटिभ सर्किट ब्रेकर लाग्दा मल्टिप्रोपोज फाइनान्समा नेगेटिभ सर्किट लागेको छ ।

उपसमूहतर्फ होटल, माइक्रोफाइनान्स र अन्य समूह १ प्रतिशत भन्दा धेरै विन्दुले बढ्दा विकास बैंक, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड समूहमा झिनो गिरावट देखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया