अघि बढ्यो राष्ट्रिय प्रसारण गीड कम्पनी,सवस्टेशनका लागि जग्गा अधिग्रहण गरिदै

४ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडले जाजरकोटको नलगाड सवस्टेशन निर्माणका लागि १७९ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ ।

नलगाड नगरपालिका ७ अर्थात् साविक खगेनाकोट–३ दानापिपलमा नलगाड सव स्टेशन निर्माणका लागि आवश्यक जग्गा, जग्गामा रहेको बाली, घर तथा अन्य संरचनाहरु समेत जे जस्तो अवस्थामा छ, सोही अवस्थामा स्थायी रुपले अधिग्रहण गर्न लागिएको कम्पनीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जग्गा प्राप्ती ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम आज  सूचना प्रकाशित गरेको हो । सूचनमा आगामी १५ दिन भित्र मुआब्जा बुझ्नका लागि निवेदन दिन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जग्गाहरुको मुआब्जाका लागि २ थरीका मूल्य निर्धारण गरेको छ । प्रति रोपनी ४ लाख ७५ हजार र ५ लाख ५० हजार मूल्य निर्धारण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, संखुवासभा जिल्ला स्थित अपर अरुण हब सवस्टेशन निर्माणका लागि ५७ कित्ता जग्गा अधिग्रहण गरिने भएको छ । साविक पावाखोला–४ हाल मकालु गाउँ पालिका वडा नम्बर ४ हाइटारका ५७ कित्ता जग्गाको मुआब्जाका लागि १५ दिन भित्र निवेदन दिन जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया