दर्शक भेट्न हलमा पुगे खगेन्द्र, चलचित्रमा कति दर्शक

५ बर्ष अगाडि

काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डण्डीबियो’को सुरुवाती ब्यवसाय सुखद देखिएको छ । पहिलो दिन ठिकै दर्शक देखिएको यो चलचित्रले शनिबार भने राम्रो दर्शक पाएको छ ।
यातायात ब्यवसायी तथा अन्य बन्दका हल्लाका बीच पनि शनिबार राजधानीका सिंगल र मल्टिप्लेक्समा चलचित्रले राम्रै दर्शक पाएको वितरक गोविन्द शाहीले जानकारी दिए । बन्दले शनिबार बिहान केही सो प्रभाबित भएपनि अन्य सो राम्रो भएको बितरक शाहीको भनाई रहेको छ । 
शुक्रबार पत्रकार माझ चलचित्रको एक सो समेत राखेको थियो । कुमारी चलचित्र भवनमा राखिएको सोमा कलाकारहरु समेतको उपस्थिति थियो  शनिबार दर्शक प्रतिक्रिया बुझ्न चलचित्र युनिट कलाकार सहित गोपीकृष्ण, अष्टनारायण, कुमारी, जयनेपाल लगायतका हलमा पुगेका थिए । 
हलमा अभिनेता खगेन्द्र लामिछाने र अनुप बराल लगायतसँग सेल्फि खिचाउनेको भिड देखियो । खगेन्द्र र अनुपका अलावा मेनुका प्रधान, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ । 
नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको चलचित्र खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादनमा तयार भएको हो ।
देशबाट हराउँदै गएको खेल ‘डन्डीबियो’ चलचित्रले कथाको रुपमा उठाएको छ र

५ बर्ष अगाडि

प्रतिक्रिया