सेयर बजारमा १२.५१ अंकले  गिरावट

५ बर्ष अगाडि

काठमाडौं–साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आउँदा कारोबार रकम पनि ओरालो लागेको छ । 
आइतबार नेप्से परिसुचकमा १२.५१ अंकले गिरावट आउँदा करोबार रकममा पनि गिरावट आएको हो । आज ३६ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । आज १६० कम्पनी कारोबारमा आएका थिए । फाइनान्स बाहेक सबै समुहमा ओरालो लागेको छ । 
सबैभन्दा बढी बिमा समुह ६८.३२ प्रतिशतले घटेको छ भने होटल समुह ३१.०७ अंकले घटेको छ । जलविद्युत तर्फ १९.८१ अंकले गिरावट आउँदा  विकास बैंक तर्फ १३.४३ अंकले गिरावट आएको छ । 
 फाइनान्स कम्पनीमा भने ०.०६ अंकको झिनो बृद्धि देखिएको छ ।  नेप्से परिसुचक घट्दा पनि नेपाल बैंकको सेयरमा लगानीकर्ता अकर्षित देखिएका  छन् । नेपाल बैंकको सबैभन्दा बढी २ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।  दोसा्रेमा बुटवल पावर कम्पनीको  १ करोड ८९ लाख  ४० हजार रुपैयाँको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया