सिद्धार्थ इन्स्योरेन्सले १५.४८ प्रतिशत बोनस सेयर दिने

४ बर्ष अगाडि


काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स कम्पनीले  १५.४८ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । कम्पनीको हालै स्म्पन्न १७ औं वार्षिक साधारणसभाले हाल कायम रहेको चुक्ता पूँजीको १५.४८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यस्तै साधारणसभाले रतनलाल केडिया, पवनकुमार अग्रपाल र राहुल अग्रवाललाई ४ वर्षका लागि सञ्चालक समितिका निर्वाचित गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया