किन्ने होईन त ? ओप्पोको रेनो १० एक्स जुम इडिशन बजारमा !

४ बर्ष अगाडि

काठमाडौं –  ओप्पोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको रेनो १० एक्स जुम इडिशन नेपालमा सार्वजनिक गरेको छ   । ओप्पोको नयाँ फ्ल्यागशिप रेनो सिरिजअन्तर्गतको यो फोन बजारमा आइतवारदेखि उपलब्ध भएको हो । ओप्पो रेनो १० एक्स जुम इडिशनको प्रमुख आकर्षणको रूपमा १० एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो । ओप्पो रेनो १०एक्स जुम इडिशनमा साइड–स्विङ सेल्फी क्यामेरा अर्को प्रमुख आकर्षणको रूपमा छ ।

८ जीबी र्‍याम र २५६ जीबी रोम संस्करणको मूल्य रू ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । यो फोन जेट ब्ल्याक र ओशन ग्रिन गरी दुई रङमा उपलब्ध छ । ओप्पो १० एक्स जुम इडिशन पहिलोपटक चीन र लगत्तै यूरोपमा ओप्पो रेनो र ओप्पो रेनो फाइभजीका साथ सार्वजनिक गरिएको थियो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया