एघार महिनामा १३ खर्बको व्यापार घाटा, कता जादैछ देश ?

४ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा रु १३ खर्ब ८७ अर्ब ६३ करोडको वैदेशिक व्यापार भएको छ । सो अवधिमा भएको व्यापारमध्ये रु १२ खर्ब ९९ अर्ब आयात हो भने रु ८७ अर्ब ८३ करोडको वस्तु तथा सेवा निर्यात भएका छन् ।

गत आवको सो अवधिको तुलनामा चालु आवमा वैदेशिक व्यापार बढेको छ । गत आवको सो अवधिमा कुल रु ११ खर्ब ८० अर्ब ९६ करोडको वैदेशिक व्यापार भएको थियो । उक्त व्यापारमा रु ११ खर्ब ६ अर्ब आयात हो भने ७४ अर्ब ३२ करोड निर्यात छ ।

चालु आवमा गएको आवको सोही अवधिकोभन्दा आयात निर्यात दुबै बढेपनि ब्यापार हिस्सामा भने कुनै परिवर्तन आएको छैन । गत वर्ष र यस वर्ष आयात निर्यातको ब्यापार हिस्सा बराबर रहेको छ ।

 कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.७ प्रतिशत रहेको छ भने निर्यात ६.३ प्रतिशतमात्र रहेको छ ।

अत्यावश्यक वस्तु वाहेक अन्यको आयात घटाएर वैदेशिक व्यापार सन्तुलन गर्न सरकारले यो कार्ययोजना ल्याएपनि कार्यान्वयन हुन सकेको छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया