लगानी नजुटेपछि बुटवल पावरलाई  माथिल्लो मर्स्याङ्दी जिम्मा लगाएर भाग्यो भारतीय कम्पनी

५ बर्ष अगाडि

काठमाडौ । माथिल्लो कर्णालीको भन्दा पहिले लाइसेन्स लिएर नेपालमा धेरै भन्दा धेरै जलविद्युत् आयोजना निर्माण गर्ने भारतीय कम्पनी जिएमआरको ध्वास सकिएको छ ।
नेपालका आर्कषक र बहुउद्देश्यिय आयोजना कब्जा गर्ने र नेपाललाई ऊर्जामा समेत होल्ड गर्ने भारतीय कम्पनीको चाहना अन्ततः आफ्नै कारणले विफल भएको छ ।
प्रसंग हो  माथिल्लो मस्र्याङदी जलविद्युत् आयोजना । माथिल्लो कर्णालीइ जलविद्युत् आयोजना भन्दा केही समय पहिले भारतीय कम्पनी जिएमआरले सो आयोजनाको लाइसेन्स लिएको थियो ।
लाइसेन्स लिएपछि जिएमआरले ठूलै हल्ला समेत गरेको थियो । नेपालमा चौपटै ऊर्जाको विकास गर्ने भन्ने जिएमआरको दावी थियो । अन्ततः जिएमआर लगानी जुटाउन नसकेपछि नेपालको अर्को एक विवादास्पद कम्पनी बुटवल पावर कम्पनीलाई आयोजना जिम्मा लाएर सुइकुच्चा ठोकेको छ ।
यसको पछाडि केही अरु कारण पनि रहेका छन् । जिएमआर आफैमा चरम आर्थिक संकटमा फसकेको कम्पनी हो । त्यसमा कुनै दुईमत रहेको छैन । (उसैले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरणमा समेत जिएमआर टाट पल्टिसकेको छ ।
पैसा नभएकै कारण जिएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रभावितलाई समेत मुआब्जा रकम समेत वितरण गर्न सकेको छैन । करिब रु १० अर्ब मुआब्जा वापतको रकम वितरण गरेर चुप चाप बसेको जिएमआर माथिल्लो कर्णाली आयोजना समेत कुनै नेपाली वा विदेशी साझेदार भएको संस्थालाई बेचेर भाग्ने तयारीमा रहेको छ ।
पछिल्लो पटक जिएमआरले माथिल्लो मस्र्याङदी बुटवल पावरको ज्याइन्ट भेन्चरलाई बेचेर भाग्नुको पछाडि पनि चरम आर्थिक संकट नै प्रमुख कारणको रुपमा रहेको देखिएको छ । उद्यपी भारतीय कम्पनी जिएमआरले भने सो विषयमा केही बताउन चाहेको छैन ।
 बुटबल पावर र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरी माथिल्लो मस्र्याङदी जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ ।
सो कम्पनीले करिब ९०० मेगावाट क्षमताका दुई महत्वपूर्ण आयोजना निर्माण गर्ने बताएका छन् ।  
एसीआइजी इन्टरनेसनलले भारतको जीएमआर इनर्जी लिमिटेडको ६०० मेगावाटको माथिल्लो मस्र्याङदी २ र राजरत्न इनर्जी होल्डिङस प्राइभेट लिमिटेड र नेपाली मनाङ मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको २८२ मेगावाटको मनाङ–मस्र्याङदी जलविद्युत आयोजनाको सबै स्वामित्व खरिद गरेको  छ ।
बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले समेत ती आयोजना बुटवल पावर समेतको स्वामित्व रहेको एसीआइजीको स्वामित्वमा आएको बताए ।
जीएमआरल माथिल्लो मस्र्याङदी हिमताल हाइड्रोपावर र राजरत्न इनर्जीले मनाङ मस्र्याङदी पावर कम्पनीमार्फत निर्माण गर्ने भन्दै विगत आठ वर्ष पहिले अनुमतिपत्र लिएका थिए ।
जीएमआर र राजरत्नले लगानी जुटाउन नसकेपछि बीपीसीअन्र्तगतको एसीआईजीलाई सम्पुर्ण स्वामित्व बिक्री गरेको बताइएको छ ।
जीएमआर, बीपीसी र ३ चिनियाँ कम्पनीबीच शुक्रबार आयोजना खरिदबिक्री सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर भएको श्रेष्ठले बताए ।
३ वटा चिनियाँ र बीपीसीको साझेदारीमा नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताइएको छ । यस्तै सो कम्पनीमा बुटवल पावरको १९.४ प्रतिशत स्वामित्व रहने छ ।
बुटवल पावरले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस क्लियरिङ हाउस लिमिटेड र धितोपत्र बोर्डलाई दूई आयोजना खरिद गरेको जानकारी गराएको छ । ती निकायले समेत बिुटवल पावरबाट सो जानकारी आएको पुष्टि गरेका छन् ।
बुटवल पावर समेतको लगानीमा करिब एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।
भारतीय कम्पनी जीएमआरले सन् २००८ मा प्रतिस्पर्धाबाट लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी जुटाउन सकेको छैन । सरकारले आगामी भदौसम्म सो आयोजनालाई लगानी जुटाउने समयावधि दिइएको छ ।
यद्यपी भारतीय कम्पन िसतजलले भने अरुण तेस्रोको निर्माण सुरु गरिसकेको छ । सरकारी कम्पनी भएका कारणले गर्दा सतजललाई सहज भएको बताइन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया