श्रीदेवीले छोरीका लागि छोडिन् साढे तीन करोड डलर

४ बर्ष अगाडि

काठमाडौँ – बलिउडकी लोकप्रिय अभिनेतृ श्रीदेवीले आफू मरेर गए पनि दुई छोरीका लागि पर्याप्त सम्पत्तिको जोहो गरेर गएको पाइएको छ।

वार्षिकरूपमा १३ करोड रुपियाँ कमाउने श्रीदेवीको कुल सम्पत्ति करिब ३५ मिलियन डलर बराबर थियो। उनले बेन्टले, आउडिस फोर्ड र पोर्स कम्पनीका ७ कार खरिद गरेकी थिइन् भने ६३ करोड बराबरको ३ सुविधासम्पन्न बंगला खरिद गरेकी थिइन्। उनको कपडाको व्यवसाय पनि थियो।

श्रीदेवीको निधनपश्चात् उनको परिवारमा पति बोनी कपुर तथा छोरीहरू जान्वी र खुसी रहेका छन्। श्रीदेवीको सबै सम्पत्ति छोरी खुसी र जान्वीको हुनेछ। जान्वीले धडक र पाहुना फिल्ममा अभिनय गरेर धेरै दर्शकको मन जितिसकेकी छिन्।

श्रीदेवीको सन् २०१८ मा दुबईमा आकस्मिक हृदयघातका कारण ५४ वर्षको उमेरमा मृत्यु भएको थियो। पति बोनी कपुर र छोरी खुसीका साथ भतिजो मोहित मारवाहको विवाहमा सहभागी हुन दुबई पुगेकी उनलाई बसिरहेको एमिरेट्स टावर होटलको बाथरुमा ढलेर बेहोस भएको अवस्थामा भेटिएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया