बिहे लगत्तै नगर्नुस् यस्ता काम , सम्बन्ध टुट्न सक्ला

४ बर्ष अगाडि

एजेन्सी – बिहेलगत्तैका सुरुवाती दिनमा एक–अर्काप्रति प्रस्तुत हुने शैलीले तपाईंको पूरा जिन्दगी कस्तो बनाउने भन्ने कुरालाई लगभग निक्र्यौल गर्छ । सानातिना लाग्ने तर वैवाहिक सम्बन्धलाई गम्भीर असर पार्ने केही यस्ता विषय छन्, जुन तपाईं बिहेलगत्तै भुलेर पनि नगर्नुस् ।

बिहे खर्च
बिहेमा तपाईंको धेरै पैसा खर्च भएको हुन सक्छ । ऋणको बोझ बढेको पनि हुन सक्छ । तर, जीवनसाथी भित्र्याउन नपाउँदै बिहेको खर्चको कुरा उठाउनुभयो भने ठान्नुस्, तपाईं गलत गर्दै हुनुहुन्छ । हो, कुनै न कुनै दिन सुनाउनैपर्छ, तर विनातनाव रमाइलो गर्न चाहना राख्ने सुरुवाती दिनमा यो कुरा गर्नुभयो भने जीवनसाथीसामु तपाईं सानो चित्तको ठहरिनुहुनेछ ।

मजाक

बिहेको दिन जीवनसाथीले गरेको ड्रेसअप र गतिविधि मन परेको थिएन भने पनि भोलिपल्टदेखि नै खण्डन गर्ने काम नगर्नुस् । जे भइसकेको थियो, त्यसलाई स्वीकार्दै प्रशंसा गर्नुस् । सुरुवातमै तपाईंले मजाक गर्दा जीवनसाथीको सोच नकारात्मक बनिदिन सक्छ ।

भूपू मायालु
जीवनसाथीलाई कहिल्यै पूर्वमायालुसँग दाँजेर हेर्ने नगर्नुस् । दुईजनालाई दाँज्ने काम गर्नुभयो भने यसले तपाईंको सुन्दर जीवनमा भलो गर्दैन । पुरानो सम्बन्ध पूरै भुलेर नयाँ अध्यायलाई स्विकार्नैपर्छ, नत्र सम्बन्ध टुट्न सक्छ ।

मिल्ने साथी
तपाईं सही नै हुनुहुन्छ, तर जीवनसाथीले तत्काल बुझ्न नसक्दा तपाईंको सानो कुरा पनि सम्बन्धमा गलपासो बनिदिन सक्छ । त्यसैले विपरीत लिंगी कोही मिल्ने साथी छ भने पनि बिहेको सुरुवाती दिनमा केही टाढै बस्नु उचित हुन्छ । किनभने, दुई–चार दिनको यात्रामै जीवनसाथीले तपाईंको स्वभावलाई पूरै पहिचान गर्न
सम्भव हुँदैन ।

असहयोग
बिहे गरेर दुईजना भएपछि दुवैले एक–अर्काप्रति सहयोगी भावना राख्नैपर्छ । मेरो काम म आफँै गर्न सक्छु, तिमीले गर्नुपर्दैन भन्ने र आफू पनि जीवनसाथीलाई सहयोग नगर्ने हो भने सम्बन्धमा दरार पैदा हुन सक्छ । बिहेपछि पूरै पारदर्शी हुन जरुरी हुन्छ ।

पारिवारिक विवाद
कतिपयले घरपरिवारको इच्छाविपरीत पनि बिहे गरेका हुन सक्छन् । तर, बाआमाले नमान्दा–नमान्दै पनि मैले तिमीसँग बिहे गरेको हो भनेर जीवनसाथीलाई तात्तातै नभन्नुस् । यसो भन्दा जीवनसाथीको ध्यान तपाईंको त्यागभन्दा बढी परिवारविपरीत केन्द्रित हुन सक्छ । यो नै घरभित्र कलहको बिउ बनिदिन सक्छ ।

जागिरमा जोड
आत्मनिर्भर हुनु जायज कुरा हो । तर, जीवनसाथी बेरोजगार छ भने बारम्बार जागिरकै प्रसंग निकालेर आजित नबनाउनुस् । बरु, जागिर खोज्न जीवनसाथीलाई मद्दत गर्नुस् । सुरुमै हतोत्साहित पार्ने काम नगर्नुस् ।

४ बर्ष अगाडि

प्रतिक्रिया