ल्यान्डिङ गीयरमा लुकेर यात्रा गर्दा झरेर ज्यान गयो !

४ बर्ष अगाडि

काठमाडौँ – विमानको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट तल झरेर मृत्यु भयो भन्दा अनौठो लाग्न सक्छ । तर लन्डनमा एक अनौठो घटना घटेको छ ।

लन्डनको सर्वाधिक व्यस्त हिथ्रो एयरपोर्टमा एक व्यक्तिको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट लुकेर यात्रा गर्दा तल झरेर मृत्यु भएको बताईएको छ । 

प्राप्त जानकारीका अनुसार उक्त व्यक्ति विमानको ल्यान्डिङ गीयरको कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेको थिए । एयरपोर्टमा विमान उत्रनुपूर्व उनी तल झरे र उनको मृत्यू भएको हो । शव लन्डनको एक बगैचाम मिलेको थियो । उनी केन्या एयरवेजको विमानबाट तल झरेको बताइएको छ ।

बेलायती अधिकारीका अनुसार उक्त व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको छ । उनी कुनै विमानको ल्यान्डिङ गीयर कम्पार्टमेन्टबाट तल झरेको हुन सक्ने बताइएको छ । यो कम्पार्टमेन्टबाट एक ब्याग, पानीको बोतल तथा केही खानेकुराको सामग्री पाइएको थियो ।

गरिबी तथा खराब अवस्थाका कारण पछिल्ला वर्षहरुमा अफ्रिकी देशका कैयौ नागरिकहरु विमानमा लुकेर युरोप तथा अमेरिका पुग्ने प्रयास गर्दै आए का छन् । उनीहरुले युरोप तथा अमेरिका छिर्नका लागि यस किमिको जोखिम उठाउदै आएका छन् ।

२०१६ मा लागोसबाट न्यूयोर्क जादै गरेको एयर जेटको एक विमानको अन्डरक्यारिजमा एक शव पाइएको थियो । यसै वर्ष एरिकको लागोसबाट जोहानेसबर्ग उडानमा पनि एक शव पाइएको थियो । एजेन्सी ।

४ बर्ष अगाडि

प्रतिक्रिया