महिनौंको प्रदर्शनपछि अन्ततः सुडानी सेना झुक्यो

४ बर्ष अगाडि

सुडानी सेना र विपक्षी दलका नेताबीच शक्ति बाँडफाँडसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । 

महिनौं चलेको विरोध प्रदर्शनपछि अप्रिलमा राष्ट्रपति ओमर अल–बसिरले सत्ता त्यागेपछिको संक्रमण समाधान गर्ने तर्फ यो पहिलो कदम भएर आएको छ । 

तथापि अहिले सुडानको भावि राजनीतिक शक्तिबारे अन्यौलता कायम छ । 

शुक्रबार भएको प्रारम्भिक सहमति अनुसार अब सुडानलाई संयुक्त सार्वभौम परिषदले शासन गर्नेछ । लगभग तीन वर्षसम्म रहने यो संयन्त्रमा सेना र नागरिक नेतृत्वबीच शक्ति फेरबदल हुनेछ । 

उक्त निकायलाई पहिलो २१ महिना सैन्य प्रमुखले नेतृत्व गर्नेछन् । त्यसपछि नागरिक नेताले बाँकी १८ महिना चलाउने सहमति भएको छ । त्यसपछि देशमा लोकतान्त्रिक निवार्चन हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया