सलमान तेस्रो पटक चुलबुल पान्डेको भूमिकामा प्रस्तुत हुँदै

४ बर्ष अगाडि

बलिउड सुपरस्टार सलमान खानका फ्यानका लागि उनका हरेक फिल्मको बारेमा जान्न गजबको उत्सुकता रहने गरेको छ । फिल्मुभारतु को सफलतापछि अहिले उनी नयाँ फिल्म दबंग ३ु मा व्यस्त छन् । यसमा उनी तेस्रो पटक चुलबुल पान्डेु को भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्ममा उनको अपोजिटमा अभिनेत्री सोनाक्षी सिन्हा छिन् । 
 
सलमानले यो फिल्ममा आफ्नो वजन र फिजिकमा त्यति नै परिवर्तन ल्याउँदैछन्, जति फिल्म ुदंगलु मा अभिनेता आमिर खानले गरेका थिए । दबंग ३ मा उनले आफ्नो वजन ७(८ नभएर १५ केजी घटाउँदैछन् । आफ्नो भूमिका चुलबुल पान्डे को २० वर्षको उमेरभन्दा पहिलाको दृश्यका लागि अहिले सलमान जिममा निकै मेहनत गरिरहेका छन् । 
 
यो रोललाई खास बनाउनका लागि उनले कुनै कसर बाँकी छाडेका छैनन् । हालै प्रदर्शनमा आएको फिल्म ुभारतु मा आफ्नो वृद्ध अवतारबाट सलमानले आफ्ना प्रशंसकलाई सरप्राइज दिएका थिए । अब फेरि एकपटक उनी दुब्लो र मोटो अवतारमा दर्शकलाई चकित बनाउँदैछन् । उनले धेरै तौल भएको रोलमा दबंग ३ को छायांकन भ्याइसकेका छन् । 
 
अहिले उनी फ्ल्यास ब्याक सिनका लागि तौल घटाइरहेका छन् । प्रभु देवा निर्देशित यो फिल्मले दर्शकलाई ुचुलबुल पान्डेु को जिन्दगीको त्यो पार्टमा लैजानेछ, जब उनी पुलिसमा भर्ती पनि भएका थिएनन् । त्यसका लागि सलमान टिनएज युवक देखिनु पर्ने हुन्छ । ुचुलबुल पान्डेु बन्नुभन्दा एक वर्ष अगाडिको कथामा फिल्म बन्न लागेको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया