बच्चाले फेसबुक चलाउँदा बावु–आमाको जागिर चट् !

४ बर्ष अगाडि

बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो । बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा आयो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको छ ।

योसँगै एक अर्को कानून बनाउने कुरा पनि बेलायतमा उठेको छ । जसअनुसार आफूले काम गर्ने कम्पनीका बारेमा नराम्रा कुराहरु फेसबुक वा ट्वीटरमा शेयर गर्ने कर्मचारीहरुलाई सम्बन्ध्ति कम्पनीले बर्खास्त गर्नसक्नेछ । बेलायतको लण्डन तथा अमेरिकाको क्यालिफोर्निया जस्ता ठाउँहरुमा कुनै पनि व्यक्तिलाई जागिरमा राख्दा कतिपय कम्पनीहरुले उक्त व्यक्तिको सोसल मिडिया प्रोफाइल समेत केलाउने गरेको बताइन्छ ।

उता साउदी अरेबियामा चाहिँ फेसबुकलगायतका सोसल मिडियामा अफवाह फैलाउनेलाई मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ । सोसल मिडियामा आपत्तिजनक कुराहरु पोष्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने, जेल सजाय, यात्रामा प्रतिबन्ध, नजरबन्द तथा सोसल मिडिया चलाउन नपाउने लगायतका सजाय पनि दिने गरिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया