कोपा अमेरिकाः आज अर्जेन्टिना र चिली भिड्दै

४ बर्ष अगाडि

काठमाडौं – ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । जहाँ सेमिफाइनलमा पराजित अर्जेन्टिना र चिली एकअर्काविरुद्ध भिड्दैछन् । यसअघि सेमिमा चिली पेरुसँग ३–० ले पराजित भएको थियो भने अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भएको थियो । आज यस खेलको विजेता टिम कोपाको तेस्रो टिम बन्नेछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

अर्जेन्टिना र चिली पछिल्ला दुई संस्करण लगातार फाइनल खेलेका टिम हुन् । सन् २०१५ र २०१६ को फाइनलमा यी दुई टोली भिड्दा दुवै पटक चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । त्यसपछि लगातार तेस्रो संस्करण यी दुई टिम पुनः भेट भएका हुन् । तर, यसपटक भने उनीहरू फाइनल नभएर तेस्रो स्थानका लागि भिड्नेछन् ।

आज तेस्रो स्थानका लागि हुने यो खेलको जित अर्जेन्टिना र चिली दुवैका लागि सान्त्वना जित हुनेछ । उपाधि दौडमा रहेका दुई टिम तेस्रो स्थानका लागि भिड्दा यो खेल पनि आकर्षणको खेल हुनेछ । पछिल्ला तीन संस्करण यी दुई टोली लगातार कोपामा भेट भएकाले पनि यो खेल महत्त्वपूर्ण हुनेछ । जसमा चिली अर्जेन्टिनालाई लगातार तेस्रोपटक हराएर जित निकाल्ने दाउमा हुनेछ भने अर्जेन्टिना चिलीसँग यसअघि दुई संस्करणमा भोगेको हारको बदला लिने दाउमा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया