चर्चित भारतीय नायिकाले विवाहै नगरी छोरी जन्माईन् !

४ बर्ष अगाडि

एजेन्सी– एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर चर्चा पाइरहेको छ ।

अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने चोच बनाएको उनले बताएकी छन् । नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छन् । प्रेमी गोवामा भएकैले आफू बारम्बार गोवा आउजाउ गर्ने गरेको उनले स्पष्ट गरिन् । छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने बताइन् ।

एक प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् । यसबारे मलाई कसैले सोधेन र बताइन् । अहिले सोधियो बताएँ ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको भनाइ छ । ‘विवाह नगरीकन सन्तान जन्माउनु स्वाभाविक हो’, उनले भनेकी छन्, ‘मलाई यसमा कुनै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ । यो पनि मेरो निजी जीवनको सवाल हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया