मलेसियाले नेपाललाई दियो ८८ रनको झिनो लक्ष्य

४ बर्ष अगाडि

काठमाडौँ – एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ८८ रनको झिनो लक्ष्य दिएको छ । 

आज भएको खेलमा किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८८ रनमा समेटियो ।

पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट शुन्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । 
दोस्रो विकेटका लागि मोहम्मद आमिर र वान अमीरुलले ३७ रनको साझेदारी गर्दै थोरै इनिङ उकासेका थिए ।

१२ औं ओभरको अन्तिम बलमा कुशल मल्लले सर्वाधिक रन बनाउने आमिरलाई २४ रनमा एलवी डब्लू आउट गरे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । सागर ढकालले १५ ओभरको दोस्रो बलमा विश्वरुवेन कुमारलाई आफैं क्याच लिदै ३ रनमा पेभिलिएन फर्काए । १७ ओभरको पहिलो बलमा सागरले ओेपनर वान इमीरुललाई ११ रनमा पेभिलिएन फकाएपछि मलेसिया संकटमा परेको थियो । उनले ४६ बललमा १ चौका प्रहार गरे ।


नेपालको कसिलो बलिङ सामु मलेसिया तल्लोक्रमका ब्याट्सम्यान पनि क्रिजमा टिकेर खेल्न सकेनन् । तनिस आरोह ७,हैकवाल मोहम्मद खैर १२ रनमा आउट भए । अहमद अकमल आलिफ ३६ बलमा १ चौका सहित १० रनमा रन आउट भए । नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै कुशल मल्लले पनि ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । तिलकराज भण्डारी,राशिद खान र कमल सिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।

४ बर्ष अगाडि

प्रतिक्रिया