च्यालेन्ज लिएर बुटवलमा ‘हैरान’ युनिट

५ बर्ष अगाडि

काठमाडांै – ‘हैरान’ चलचित्र युनिट अहिले बुटवल पुगेको छ । चलचित्रको प्रचार र हैरान च्यालेन्ज कार्यक्रम लिएर निर्माण युनिट बुटवल पुगेको हो । 
अभिनय र गायनमा ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्ने उदेश्यले गत २ बैशाख देखि झापाबाट अडिसन थालेको यो युनिट पुर्वका बिभिन्न शहर हुँदै  बुटवल पुगेको हो । 
चलचित्र युनिटले बुधबार बुटवलमा एक पत्रकार सम्बेलको समेत आयोजना गरेको छ । कार्यक्रममा निर्देशक सौगात विष्ट, कलाकार गजित विष्ट, सागर लम्साल, आरोही शमा लगायतको सहभागतिा रहेको थियो । 
बिश्वकै कान्छा निर्देशक समेत रहेका सौगातले ‘हैरान’ले दर्शक हसाएर मनोरञ्जन दिने बताए । यो युनिटले आज २७ गते पोखरा तथा २८ र २९  गते काठमाडौंमा अडिसन गर्ने जनाएको छ । 
‘हैरान’को च्यालेन्जबाट छानिएका तीनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोमा अवसर निर्माता समेत रहेका अभिनेता गजित बिष्टले बताए ।
अडिसनबाट छानिएर टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत टिमले जनाएको छ । 
प्रतियोगिताको निर्णायकको रुपमा चलचित्र हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहेका छन् । 
४ जेठाबाट रिलिज हुने चलचित्र ‘हैरान’मा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया