मलेसियालाई हराउदै फाइनलमा नेपाल

४ बर्ष अगाडि

काठमाडौँ – एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा नेपालले सानदार जीत हासिल गरेको छ । जीत हासिल गरेसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

किनारारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको ४०.५ ओभरमा अल आउट हुँदै ८८ रनको लक्ष्यलाई नेपालले ३ विकेट गुमाउदै  १५.५  ओभरमा ९० रन ल्याएर जीत हासील गरेको हो । 

नेपालको सहज जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

नेपालले चौथो ओभरको पाचौ बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । मोहम्मद खैरले विजय उन्नीबाट क्याच आउट गराउनु अघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका खडक बहादुर बोहरालाई मोहम्मद आमिरले शुन्यमा बोल्ड आउट गरे । मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट हात पारे ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया