छोरी मारिएको दृश्य हेर्न आमा पनि उपस्थित , प्रहरीद्धारा परिवारनै पक्राउ

४ बर्ष अगाडि

भारत – भारतमा तीन वर्षकी एक बालिकालाई उनकै आफन्तले बलि दिन लाग्दा परिवारलाई प्रहरीले पक्राउ गरेको छ ।

उदलगुरी जिल्लाको गणकपारा गाउँमा शनिवार यो डरलाग्दो घटना भएको हो । जादब शहरिया नामक विज्ञान शिक्षकको घरबाट धूवाँ पुत्पुताएपछि गाउँलेहरूले शंका गरी प्रहरीलाई खबर गरेका थिए ।
ती शिक्षकले आफ्ना परिवारका सदस्यहरूसँगै कपडा खोलेर तीन वर्षीया बालिकालाई वेदीमा चढाएको बताइएको छ । लामो तरवार लिएका एक पुजारीले बलिको विधि पूरा गर्न खोजेका थिए । पुजारीले बालिकाको टाउको छिनाउन खोजेका थिए ।

प्रहरीले बलि रोक्न सबै उपाय लगाएपनि असफल भएपछि बाध्य भएर हावामा गोली चलाएको थियो । प्रहरी अधिकृतहरूले बालिकालाई परिवार र तरवार उज्याउने पुजारीबाट बल्लबल्ल छुटाएका थिए ।
ती बालिका विज्ञान शिक्षककी बुहारीकी छोरी थिइन् । उनलाई उनकै बुवाले जानाजान विज्ञान शिक्षकलाई सुम्पेका थिए । उनी मारिएको दृश्य हेर्न उनकै आमा पनि उपस्थित थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया