हासियार ! तौल कम गर्न राती भोकै सुत्नुहुन्छ ?

४ बर्ष अगाडि

थुप्रै पटक तौल घटाउने चक्करमा वा थाकेका कारण राती खान नखाई सुत्ने गरिन्छ । वास्तवमा, राती शरीरको मेटाबोलिक रेट निकै कम हुन्छ जसका कारण खाना निकै ढिलो गरी पच्छ । पाचनक्रियाले राम्रोसँग वा ढिलो गरी काम गर्छ र तौल बढ्छ भन्ने सोचेर हामी बेलुका सकेसम्म खाना खान नपरोस् भनेर सोच्छौं । यदि तपाईंको यस्तो बानी छ भने यो तपाईंको स्वास्थ्यका लागि खतराको घन्टी हुनसक्छ । कहिलेकाँही यस्तो गर्दा खासै समस्या देखिँदैन तर यदि तपाईंले लामो समयसम्म यस्तै बानी दोहोराउनु हुन्छ भने यसले तपाईंको स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ । राती खाना नखाई सुत्दा कस्ता हानी हुन्छ यसबारे जानकारी लिऔं ।

राती भोको पेट सुत्दा शरीर माइक्रोन्यूट्रिशनल डिफिसिएन्सीको शिकार हुनेगर्छ । यसको अर्थ यो हो कि शरीरलाई आवश्यक पर्ने पोषक तत्वको अभाव हुनेगर्छ । शरीरलाई राम्रोसँग चलाउन र विकासका लागि पोषक तत्व ९जसलाई विज्ञानको भाषामा माइक्रो न्यूट्रिएन्ट्स भनिन्छ० को आवश्यकता पर्छ । म्याग्निशियम, भिटामिन बी१३ र भिटामिन डीथ्रीलाई माइक्रो न्यूट्रियन्ट्स भनिन्छ । राती भोको सुत्नेहरुको शरीरमा यी पोषक तत्वको कमी हुन्छ जसले विकासमा अवरोध निम्त्याउने गर्छ ।

बेलुकाको खाना नखाँदा शरीरको आन्तरिक प्रणालीमा गडबडी हुन्छ र यसले इन्सुलिनको स्तरलाई पनि प्रभावित पार्छ । यदि तपाईंको खानपिन तालिकामा गडबडी छ भने यसको प्रत्यक्ष प्रभाव तपाईंको हर्मोन कोलस्ट्रोल र थाइरोइडमा पनि पर्छ जसले शरीरमा विभिन्न प्रकारको रोग र कमी निम्त्याउने गर्छ ।

मानिसहरु तौल घटाउने चक्करमा राती खाना खाँदैनन् तर यो बानी गलत हो । यो साँचो हो कि राती खाना निकै ढिला पच्ने गर्छ तर यसो भन्दैमा खाँदै नखानु तपाईंको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । सुत्ने र रातीको खानाबीचको अन्तर चार घण्टाको हुनुपर्छ । राती निकै हल्का खाना खानुहोस् ।

४ बर्ष अगाडि

प्रतिक्रिया